सिद्धलेक गाउँपालिकामा कार्यरत हरि कुँवरको निधन

Avatar photo
Dhadingpost
भदौ १२, २०७७

धादिङ भाद्र १२ । धादिङको सिद्धलेक गाउँपालिकामा नायव सुब्बाको पदमा काम गर्दै आउनु भएको हरि कुँवरको निधन भएको छ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका -५ आगिञ्चोक कास्टे निवासी कुँवर तत्कालिन जिल्ला विकास समिति धादिङको कार्यालयमा नायव सुब्बाको पदमा स्थाई नियुक्ति लिए सँगै सरकारी सेवामा प्रवेस गर्नु भएको थियो ।

स्थानीय तहको पुनरसंरचना भए सँगै सिद्धलेक गाउँपालिकामा समायोजन भै कार्यरत कुँवरको बिहिबार निधन भएको सिद्धलेक गाउँपालिकाले जनाएको छ ।

के रोग लागेको समेत पहिचान हुन सकेको थिएन, केहि समय देखि उपचार कै सिलशिलामा कुँवरले विदा लिएर काठमाडौ बस्दै बस्दै आउनु भएको थियो । बिहिबार अचानक निधन भएको खवर आएको गाउँपालिकाका टंकनाथ तिमल्सिनाले धादिङपोष्टलाई बताउनु भयो ।