
मकाउ भाद्र ११ । वैदेशिक रोजगारीको शिलसिलामा मकाउमा रहेका ११ जना नेपालीहरुलाई त्याको प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न कम्पनिमा सेक्युरिटी गार्डको रुपमा कार्यरत उनीहरुलाई पोर्न भिडियो सेयर गरेको आरोपमा मकाउ प्रहरीले पक्राउ गरेको मकाउ प्रहरीले जनाएको छ ।
पक्राउ परेका मध्य ७ जनाले मोबाइल मार्फत पोर्न भिडियो सेयर गरेको स्वीकार गरेका छन् । उनीहरुले पैसा कमाउने उद्देश्यले नभई मोबाइल मार्फत साथीभाईलाई भिडियो सेयर गरेको बताएका छन् ।
नेपालीहरुलाई पक्राउ गर्नु अघि अन्तर्राष्ट्रिय प्रहरी संगठन ईन्टरपोलले मकाउ प्रहरीले उक्त भिडियो बारे जानकारी दिएको थियो ।