धादिङमा अझै १० दिन आउँदैन रासायनिक मल -प्रमुख शर्मा

Avatar photo
Dhadingpost
बिहिबार, भदौ ११, २०७७

धादिङ भाद्र ११ । कृषि सामाग्री कम्पनी शाखा कार्यालय धादिङका प्रमुख विनोद शर्माले धादिङमा अझै १० दिन रासायनिक मल नआउने बताउनु भएको छ ।

बुधबार नै बीरगंजमा २५ सय टन रासायनिक मल आएको समाचार सुनेका किसानहरुले रासायनिक मल पाउनेमा आसावादी भै रहेको बेला, धादिङका प्रमुख शर्माले त्यो मल कृषि सामाग्री कम्पनीको नभएको अझै मल आउने दिन तय नभई सकेको धादिङ पोष्टलाई बताउनु भयो ।

बुधबार बीरगंज आईपुगेको भनेको रासायनिक मल साल्ट ट्रेडिङको हुनसक्छ, कृषि सामाग्री कम्पनी होईन । किसानहरु रासायनिक मल नपाएर छट्पटाई रहेको हामीले पनि महसुस गरेका छौं, कोभिडका कारण हामीलाई आउने मल बीरगंज नै आईपुगेको छैन । विरगंजमा आए पछि पनि धादिङ आई पुग्न हप्ता दिन लाग्छ । आफुले निरन्तर बीरगंज कार्यालयलाई सम्पर्क गरिरहेको पनि उहाँले बताउनु भयो ।

धादिङका लागि मैले १०-१५ ट्रक पठाउनु पर्छ भनेको छु । बीरगंजमा कति आउँछ त्यसैको अनुपातमा शाखाहरुमा वितरण हुने हो हामीले माग गरेको जति नै पाठाउँछ भन्ने पनि छैन तर मल आएपछि किसानलाई तत्काल वितरण गरिने समेत प्रमुख शर्माले बताउनु भयो ।

कृषि सामाग्री कम्पनी शाखा कार्यालय गजुरी धादिङले सहकारी मार्फतरासायनिक मल वितरण गर्दै आएको छ ।

साल्ट ट्रेडिङले पनि धादिङमा मल पठाउने गरेको धादिङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बोदनाथ दुवाडी बताउनु हुन्छ । साल्ट ट्रेडिङको शाखा धादिङमा नहुँदा साल्ट ट्रेडिङ काठमाडौंको खातामा पैसा जम्मा गरेका सहकारीहरुलाई कृषि सामाग्री कम्पनी गजुरीले दिने रेट मै मल पठाउने गरेको उहाँले बताउनु भयो ।

यो पट मल थोरै आएकोले धादिङ आईपुग्ने या नआईपुग्ने आफ्नो ठाउँमा छ, सहकारीहरुले कत्तिको पहल गरेका छन् भन्ने पनि हुन्छ तर कार्यालय नभए पनि धादिङमा साल्ट ट्रेडिङको मल आउने गरेको दुवाडी बताउनु हुन्छ ।

नेपालमा आयात गरिने जम्मा रसायनिक मलको ७० प्रतिशत कृषि सामग्री कम्पनीले र ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेसन आयात गर्ने प्रावधान रहेको छ ।

यस अघिको समाचार

धादिङमा रासायनिक मलको अभाव छैन -प्रमुख घिमिरे (कहाँ कति-कति मल गयो विवरण सहित)

धादिङका किसानलाई कोरोनाको भन्दा मलको चिन्ता