
धादिङबेसी जेष्ठ १४ । धादिङबेसी स्थित जिल्लाका कारागार अगाडी नीलकण्ठ सहकारीको कार्यालय परिषरमा बुधबार बिहानै किसानहरु हातमा लाम्लो/बोरा लिएर खचाखच थिए ।
उनीहरुलाई कोरोना भाईरसबाट कसरी बच्ने भन्ने कुनै प्रवाह थिएन, कसरी रासायनिक मल लैजाने, पाईएला-नपार्ईएला भन्ने चिन्ताका साथ उनीहरु भिडमा हराई रहेका थिए ।
धादिङबेसीमा रहेको नीलकण्ठ सहकारीले रासायनिक मल वितरण गर्ने जानकारी पाएपछि बुधबार किसानहरु सहकारीको कार्यालय अगाडी बाक्लो भिड थियो । भिड नियत्रण गर्न र कोरोना भाईरसबाट बच्न प्रहरीले माईकिङ् गर्दै सामाजिक दुरी कायम राख्न आग्रह समेत गर्नु परेको थियो ।

करिब २५ सय बोरा मलको माग छ, तर अहिले सम्म कृषि सामग्री कम्पनी शाखा कार्यालय गजुरीले अत्यन्तै न्यून मात्रामा मल पठाएकाले किसानहरुलाई मल वितरणमा समस्या परेको अध्यक्ष बलराम श्रेष्ठले बताउँछन् ।
कृषि सामग्री कम्पनी कम्पनीले सहकारीलाई युरिया मल प्रति बोरा ८ सय १७, डिएपि मल प्रति बोरा २२ सय ६७ र पोटास प्रति बोरा १६ सय ६६ मा विक्री गरेता पनि नीलकण्ठ सहकारीले युरिया मल प्रतिबोरा १ हजारमा बेचेको छ ।


जिल्लामा आएको रासायनिक मल सहकारीहरुलाई पठाई रहेका छौ । कृषि सामाग्री कम्पनी शाखा कार्यालय धादिङ प्रमुख शर्मिला घिमिरे ।
तस्वीरः निर्मला श्रेष्ठ