क्यानडा पठाई दिने भन्दै २१ लाख ठगि

Avatar photo
Dhadingpost
भदौ ११, २०७७

धादिङ भाद्र ११ । क्यानडा पठाई दिन्छु भनेर २१ लाख ठगि गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

ठगिको आरोपमा पक्राउ पर्नेमा सुर्खेत विरेन्द्रनगर ९ घर भई हाल श्रीटोल, धापासी बस्ने ध्रुव थापा, सन्ध्या थापा र सुनसरी धरान(३ निवासी काठमाडौ बस्ने राजेन्द्र कुमार श्रेष्ठलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

निजहरुले मोरङ शनिश्चरे घर भई हाल कपन सरस्वतीनगर बस्ने नारायण खड्कालाई क्यानडा पठाईदिन्छु भनि विश्वास दिलाई २१ लाख ठगि गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरिय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।