प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई गोली हानेर पक्राउ

Avatar photo
Dhadingpost
बुधबार, भदौ १०, २०७७

काठमाडौं भाद्र १० । प्रहरीले प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई गोली हानेर पक्राउ गरेको छ ।

रुकुम मुसीकोट नगरपालिका–४ ठाराढुंगाबाट प्रहरीले गोली हानेर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो ।

रुकुमपूर्वमा लागुऔषध अफिमसहित केही व्यक्ति पक्राउ परेका थिए । घटनाको अनुसन्धान गर्दा उनीहरुले दिएको सूचनाका आधारमा रुकुमपूर्व र रुकुमपश्चिमको प्रहरीले ‘कन्ट्रोल डेलिभरी अपरेसन’ चलाएको र सोहीअनुसार मंगलबार दुई व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।

गोली प्रहारबाट एकजना घाइते भएका छन् भने उनीसँगै रहेका अर्का एकजना पक्राउ परेका छन् । एकजना भने भागेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।