धादिङ खरीमा नेकपा परित्याग गर्दै काँग्रेसमा प्रवेस

Avatar photo
Dhadingpost
आइतवार, भदौ ७, २०७७

धादिङ भाद्र ७ । धादिङको ज्वालामुखी गाउँपालिका -५ स्थित खरीमा नेपाल कम्युनिष्ट पार्टी परित्याग गर्ने २७ जनालाई गाउँपालिका प्रमुख विनोद तिमल्सिनाले काँग्रेसमा प्रवेस गराउनु भएको छ ।

शनिबार एक कार्यक्रमका बीच नेकपा नेता भेष बहादुर अधिकारीको नेतृत्वमा काँग्रेस प्रवेस गरेका उनीहरुलाई गाउँपालिका प्रमुख तिमल्सिना नै पार्टी सदस्यता प्रदान गर्नुभएको काँग्रेस नेता नरेद्र भट्टले धादिङपोष्टलाई जानकारी दिनु भयो ।