नीलकण्ठ नगरपालिका बेखवर: धादिङबेसीमै पिच भत्काएर व्यक्तिगत पाईप राखिदै

Avatar photo
Dhadingpost
बिहिबार, भदौ ४, २०७७

धादिङबेसी भाद्र ४ । धादिङबेसी स्थित पुछारबजार बसपार्क छेउ चोकमा पिच भत्काएर व्यक्तिगत प्रयोजनको लागि पाईप गाड्ने काम भै रहँदा पनि नगरपालिका बेखवर छ ।

स्थानीय ब्यबसायी प्रकाश ढकाल र राधिका अधिकारीले थोपल खेला छेउमा रहेको ट्यूबेलबाट पानी घर सम्म लानको लागि पाईप पुर्न मजदुर लगाएर कालोपत्र सडक खनि रहेका छन् ।

स्थानीयले विरोध जनाए पनि भत्ताएको म आफै बनाई दिन्छु, भन्दै काम गरि रहेका छन् शक्तिमा चिनेको मान्छे भएपछि हामी जस्ता निम्सराहरुको केहि लाग्ने रहेनछ एक स्थानीयले बताए ।

व्यक्तिगत लाभका लागि सार्वजनिक सम्पती हानी नोक्सानी गर्नु कानुन विपरित हो । यस विषयमा प्रकाश ढकाल भन्नुहुन्छ, कानुन विपरित काम गरेका हैनौं, वडा सदस्य र टोल सुधार समितिका अध्यक्ष ज्यू, कै रहोवरमा हामीले कालो पत्रे उप्काएर पाईप हालेका हौं । सहमति लिएर गरेको काम कसरी कानुन विपरित भयो र । उहाँले यो भनि रहँदा भने वडा कार्यालयमा कालो पत्रे उप्काउनु पर्ने कारण सहित कुनै लिखित निवेदन दिएको देखिएन । तस्बीरः मनिश दुवाडी