आज विश्व फोटो फोटोग्राफी दिवस, Zoom Virtual अन्तरक्रिया, रुची राख्ने सबै सहभागि हुन पाउने

Avatar photo
Dhadingpost
बुधबार, भदौ ३, २०७७

काठमाडौं भाद्र ३ । आज विश्वभर १८१ औं फोटोग्राफी दिवस मनाईदै छ । नेपालमा पनि नेपाल राष्ट्रिय फोटो पत्रकार समुहले हरेक अगस्ट १९ तारिखको दिनमा यो दिवस विभिन्न कार्यक्रम गरि मनाउँदै आएकोमा यस वर्ष लकडाउनका कारण अनलाईन मार्फत बृहत अन्तरक्रियाको कार्यक्रम गरी मनाउन लागिएको समुहका महासचिव प्रदिपराज वन्तले बताउनु भएको छ ।

महासचिव वन्तका अनुसार जुममार्फत साँझ साढें सात बजेबाट सुरु हुने नेपालमा फोटो पत्रकारिताको वर्तमान अवस्था र चुनौती विषयक यस कार्यक्रममा फोटो ग्राफीमा रुची राख्ने जो कोहीले पनि भाग लिन पाउने छन् ।

उक्त कार्यक्रममा नेपालका चर्चित फोटोग्राफरहरु एवम् नेपाल राष्ट्रिय फोटो पत्रकार समुहका पूर्व अध्यक्षहरु चन्द्रशेखर कार्की, मिनरक्त बज्रचार्य, विकास रौनियार, कविन्द्रमान शाक्य र राजभाई सुवालले विषय माथि सहजिकरण गर्नुहुने भएको छ ।

विश्व फोटोग्राफीको इतिहास

संसारमा सबैभन्दा पहिलो तस्वीर सन् १८२६ मा फ्रान्सका खिचिएको थियो । त्यसबेला जोसेफ नाइस्फ़ोर नाइप्सीले हेलियोग्राफीको सहायताबाट पहिलो तस्वीर खिचेका थिए। हेलियोग्राफी भनेको पनि फोटोग्राफीकै एक प्रक्रिया हो । त्यतिबेला एउटा तस्वीर खिच्न निक्कै समय लाग्थ्यो । सबै भन्दा रोचक कुरा त के हो भने सायद कसैले पुरानो फोटोमा हासेका मान्छे कहिले भेट्दैन थिए । किनकि धेरै समय लाग्ने कारण सबैले आफ्नो हासो थामिराख्न सक्दैन थिए।