राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०२ बर्षको उमेरमा निधन

Avatar photo
Dhadingpost
भदौ २, २०७७

काठमाडौं भाद्र २ । नेपाली साहित्यका धरोहर राष्ट्रकवि माधवप्रसाद राष्ट्रकवि माधवप्रसाद घिमिरेको  १०२ बर्षको उमेरमा निधन भएको छ । राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा आफ्नै निवासमा निधन भएको उनका छोरा राजीव घिमिरेले बताउनु भएको छ ।

घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुनुहुन्थ्यो । उहाँले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख-प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आउनु भएको थियो ।

नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), उहाँको राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता किन्नर(किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) उनका चर्चित लेखहरु हुन् ।