
धादिङ भाद्र १ । बागमती प्रदेशसभाको उपसभामुख राधिका तामाङलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
प्रदेशसभाको उप सभामुख तामाङको स्वाब परिक्षण गर्दा कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालाले जनाएको हो ।
उपसभामुख तामाङको एक छोरालाई पनि कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ । परिवारका अन्य सदस्यको रिपोर्ट भने नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
नुवाकोट क्षेत्र नम्बर १ को ‘क’ बाट निर्वाचित प्रदेश उपसभामुख तामाङ नेकपा नेतृ तथा पूर्वकृषि राज्यमन्त्री हुन् । तत्कालीन नेकपा (माओवादी) सशस्त्र विद्रोहका क्रममा ६०६१ मा नुवाकोटमा जनसरकार प्रमुखको भूमिका निर्वाह गरेकी तामाङ दोस्रो संविधानभामा सभासद बन्नु भएको थियो ।