
काठमाडौं साउन ३० । बागमती प्रदेश अन्तरगतको सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा पहिरो जाँदा लामा गाउँ पुरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
आज विहान ६ बजे माथिबाट आएको पहिरोले लामा गाउँ पुरिदा ५ घर पुरै क्षति भएको, १५ जना घाइते आफैं निस्किएको, उद्धार गर्न जान सक्ने अबस्था नरहेको, पुरिएका ५ घरका सबै सम्पर्क विहिन रहेको र कति जना पुरिए भन्ने अझै खुल्न बाँकि रहेको स्थानियले जानकारी दिएका छन् ।
प्रहरी घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। घटनाका बारेमा थप विवरण प्राप्त हुन बाँकी छ । तस्वीर स्रोतः राजन अधिकारी
