धादिङको नीलकण्ठ नगरपालिकामा कोरोना संक्रमितको संख्या ६७ पुग्यो

Avatar photo
Dhadingpost
सोमवार, साउन २६, २०७७

धादिङ साउन २६ । धादिङबेसी सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकाका मात्र कोरोना भाईरस (कोभिड-१९) संक्रमितको संख्या ६७ जना पुगेको छ ।

नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालका अनुसार आईतबार वडा नम्बर ५ मा ५१ वर्षिय पुरुष संक्रमित थपिए सँगै अहिले सम्मको संक्रमित संख्या ६७ जना पुगेको हो ।

धादिङका १३ स्थानीय तह मध्य अहिले सम्म जसमा नीलकण्ठ नगरपालिकामा ६७ जना, ज्वालामुखी गाउँपालिकामा ३१ जना, त्रिपुरासुन्दरीमा २१ जना रहेका छन् ।

यस्तै सिद्धलेकमा ४ जना, नेत्रावती डबजोङमा ४, बेनिघाट रोराङका २ जना, गल्छीमा ३ जना, थाँक्रेमा ३ जना, धुनीबेसी नगरपालिकामा २, गजुरीमा ४ जना र खनियाबास गाउँपालिकामा ३ जना गरी १ सय ४४ संक्रमित बनि सकेका छन् ।