बनेर भाव तेजिलो मुहार खुल्छ, वैंशमा
गमेर राग मर्मले पियार फुल्छ, वैंशमा
समाज हेर्छ जिन्दगी धनै भए छ, मान त्यो
इमान हो, ठुलो कुरा विचार घुल्छ, वैंशमा
उराठ लाग्छ, पर्व यो रमाउने उतै बसे
जसोतसो खुशी रहूँ र स्वप्न झुल्छ, वैंशमा
हिमाल झैं खुशी हुने, मुहारले सताउँदा
प्रिया तिमी कहाँ गयौ, भनेर डुल्छ, वैंशमा
दिने थिएँ म, ज्यान यो तिमी निमित्त सुन्दरी
डटेर दत्तचित्त भै विकार भुल्छ, वैंशमा
