
काठमाडौं साउन २५ । नेपालमा कोरोना भाईरस (कोभिड-१९) को संक्रमणबाट मृत्यूहुनेको संख्या ७४ जना पुगेको छ ।
शनिबार राति पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुषको गएराति ११ः३५ मा मृत्यु भए सँगै कोरोनाका कारण मृत्युहुनेको संख्या ७४ पुगेको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड-१९ उपचार केन्द्रमा भर्ना भएका पोखराका ति पुरुषको कोभिड १९ कै कारण मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा। अर्जुन आचार्यले बताउनु भएको हो ।