बार्सिलोनाको उत्कृष्ट प्रदर्शन नेपोलीलाई हराउँदै क्वाटरफाइनल प्रवेस

Avatar photo
Dhadingpost
आइतवार, साउन २५, २०७७

एजेन्सी साउन २५ । क्याटलान क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगका लागि उत्कृष्ट प्रदर्शन गर्दै क्वाटरफाइनलको खस्थान पक्का गरेको छ ।

शनिबार राति भएको राउन्ड अफ १६ को दोस्रो लेगमा नेपोलीलाई ३(१ ले पराजित गर्दै बार्सिलोनाले क्वाटरफाइनलको खस्थान पक्का गरेको हो ।

खेलको दशौँ मिनेटमा बार्सिलोनाले लिओनेल मेस्सीको प्रहार डिफ्लेक्ट हुँदै बाहिरीपछि पाएको कर्नरमा गोल गर्न सफल भएको थियो ।

२२ औं मिनेटमा कप्तान मेस्सीले उत्कृष्ट गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । नेपोलीको पेनाल्टी क्षेत्रबाहिर बल नियन्त्रणमा लिएका उनले सुरुवातमा तीन डिफेन्डरलाई बिट गर्दै लडेपछि त्यसै मुभमा दुई डिफेन्डरको बीचबाट गरेको प्रहार गोल भएको थियो ।

३० औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३-० ले अगाडी बढाएपनि भीएआरले गोललाई मान्यता दिएन । लुइस सुआरेजको प्रहार गोलरक्षक ओस्पिनाले बचाएपछि रिबाउन्ड फ्रेकी डे जोङको खुट्टामा पुगेको थियो । डे जोङले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट उत्कृष्ट पास निकाल्दै मेस्सीलाई दिएपछि कप्तान मेस्सीले बल नियन्त्रणमा लिँदै गोलरक्षकलाई बिट गरेका थिए ।

०औं मिनेटमा मेसीले गोल अर्को गोल गरेका थिए । तर भिएआरले उक्त गोललाई मान्यता दिएन । पहिलो हाफको इन्जुरी टाइममा सुआरेजले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ३-० को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी टाइममा नापोलीले पनि पेनाल्टी पायो र त्यसमा लरेन्जो इनसिग्नेले गोल गरे ।

स्रो हाफमा दुवै टिमबाट गोल भएन र बार्सिलोनाले ३-१ ले खेल जित्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । बार्सिलोनाले लगातार १३औं पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।