बेनीघाट रोराङमा घोका नलागि सय रोपनी बारीमा मकै सुक्यो, किसान चिन्तित

Avatar photo
Dhadingpost
साउन २४, २०७७

धादिङ साउन २४ । धादिङको बेनीघाट रोराङ वडा नम्बर ४ मा १० घर परिवारलले १०० रोपनी भन्दा बढी बारीमा लगाएको मकै घोगा नै नलागी बोट सुकेपछि किसानहरु चिन्तित बनेका छन् ।

मलेखु स्थित, एक एग्रोभेटबाट स्टार जातको मकैको बीऊ खरिद गरि बेनीघाट रोराङ ४ स्थित खहरे, पितिनी र लामिडाँडाका किसानहरुले सय रोपनी भन्दा बढी बारीमा लगाएको मकै घोगा नै नलागी बोट सुकेपछि किसानहरु चिन्तित बनेका हुन् ।

किसानहरुले हामी भोकै पर्ने भयौ, मकैको बोट घोगै नलागि सुक्यो, भनेर वडा कार्यालयमा क्षेतिपुर्ति माग गरेका छन्, मकैको बोट सुकेको छ, आफुले पनि सम्बन्धित निकायमा खवर गरि सकेको वडाअध्यक्ष गुणराज उप्रेतीले धादिङपोष्टलाई बताए ।

स्थानीय एग्रेभेटहरुमा गुणस्तरहिन विउ बीजनहरु विक्रि , हाइब्रीड बीउ विजन लगाउँदा किसानहरुले अपनाउनु पर्ने आधारभुत कुराहरु अवलम्बन गरे नगरेको प्रभावकारी सम्बन्धित पक्षबाट अनुगमन नहुँदा धादिङमा विगतका वर्षहरुमा पनि यस्तो समस्या आएका थिए ।