धादिङको खाल्टे काउलेको २० रोपनी जग्गामा लटरम्मै फल्न थाल्यो किवी

Avatar photo
Dhadingpost
मङ्लबार, साउन २०, २०७७

धादिङ साउन २० । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित खाल्टे काउले डाँडामा लटरम्मै किवी फलेको छ ।

दुई जना कृषक मिलेर २० रोपनी जग्गामा १५ लाख लगानी गरि ०७२ सालमा लगाईएको ३०० बोट किवीले यो वर्ष देखि राम्रो फल दिन थालेको संचालनक श्रीकृष्ण अधिकारी बताउनु हुन्छ । उहाँको संचालक पाट्नर प्रेम तामाङको केहि महिना अगाडी नीधन भए सँगै तामाङको श्रीमती निशा किबी व्यवसायमा क्रियासिल हुनुहुन्छ ।

गोदावरी कृषक तालिम केन्द्र, किर्तिपुर वागवानी र दोलखाको बोचमा गरि ३ पटक किवी खेती सम्बन्धी तालिम लिनु भएको अधिकारीका अनुसार हेवाड, एलिसन, ब्रुनो जातको किवीले यो वर्ष देखि राम्रो फल दिन थालेको हो ।

फल्न त विगत दुई वर्ष पहिले देखि फल्न थालेको हो, सुरुको वर्ष वेचिएन गत वर्ष प्रति केजी ५०० रुपियाँमा ३०० केजी बेचेका हौ यो वर्ष राम्रै फलेको छ हेरौ कति बेच्न सकिन्छ संचालिका निशा तामाङ बताउनु हुन्छ ।

पहिलो पटक व्यवसायीक खेती गरेको यस किबीले राम्रो फल दिन थाले पनि धादिङको झर्लाङमा २००, ज्यामरुङमा १२००, सत्यदेविमा २००, चिसापानीमा २०० बटा किवीका विरुवाहरु व्यवसायीक रुपमा लगाईएको छ ।

किवी फल खानुका फाइदा

  • शरीरको घाउँलाई निर्मुल पार्छ: किवीमा भिटामिन सी भरपूर मात्रामा पाइने हुँदा यसले एन्टी–अक्सिडेन्टको काम गर्छ । यसले हाम्रो शरीरलाई विभिन्न इन्फेक्सन हुनबाट जोगाउँछ । शरीरमा कुनै घाउ भएको छ भने यसलाई बढ्न दिँदैन र चाडो निको हुन्छ ।
  • कोलेस्ट्रोल कन्ट्रोल गर्छ : किवीले कोलेस्ट्रोल नियन्त्रणमा अहं भूमिका निर्वाह गर्छ । यसको नियमित सेवन गर्ने हो भने शरीरमा कोलेस्ट्रोल बढ्न पाउँदैन । यसले मुटुसँग सम्बन्धी विभिन्न रोग लाग्नबाट बचाउँछ ।
  • जोर्नी दुख्ने समस्या निको पार्छ: किवीमा यस्तो गुण हुन्छ जसले अर्थराइटिस ९बाथरोग० भएका बिमारीहरुलाई सहज बनाउँछ । जोर्नी दुख्ने समस्या भएका व्यक्तिहरुले किवी खानु निकै फाइदाजनक मानिन्छ । यसले शरीर भित्र भएका अन्य समस्याहरुबाट हुने शारीरिक पीडा कम गराउँछ ।
  • कब्जियत हुन दिँदैन: किवीमा फाइबरको मात्रा निकै धेरै हुन्छ । किवीको नियमित सेवनका कारण कब्जियत समस्या समाधान हुन्छ ।
  • किवीमा पाइने एक्टिनिडेन भनिने खनिज पदार्थले प्रोटिनलाई छिटो पचाउन मद्दत गर्छ । यसले पाचन शक्ति बढाउने काम गर्छ ।
  • किवीमा पोटासियमको मात्रा प्रशस्त हुने भएकाले रक्तचाप नियन्त्रण गर्न सहयोग मिल्छ ।
  • किवीमा पाइने उच्च भिटामिन सीले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
  • किवीमा रहेको फाइबरले शरीरका विकारहरूलाई पाचन प्रक्रियाको माध्यमबाट बाहिर निकाल्छ ।
  • एकदिनमा २–३ वटा किवीको सेवनले रगत जम्ने सम्भावनालाई १८ प्रतिसतसम्म घटाउँछ ।
  • किवीमा चिनीको मात्रा कम हुने भएकाले यो सुगरका रोगीहरूका लागि समेत फाइदाजनक छ ।
  • किवी अधिक अल्कलाइनमा वर्गीकृत गरिएको फलफूल हो । यसमा उच्च खनिज पदार्थहरू भएका कारण गहिरो निद्रा लाग्छ ।
  • यसको सेवनले शरीरमा फुर्ती आउनुका साथै चिसो कम लाग्छ भने ओस्टियोपोरोसिस घटाउन मद्दत गर्छ ।
  • किवी भिटामिन ईको राम्रो स्रोत हो तसर्थ यसले छालालाई बुढ्यौलीको असरबाट जोगाउँछ ।