धादिङका मलद्वार नभएका एन्जलको उपचार गर्न युकेबाट १ लाख ३१ हजार सहयोग प्राप्त

Avatar photo
Dhadingpost
मङ्लबार, साउन २०, २०७७

धादिङ साउन २० । धादिङको ज्वालामुखी गाउँपालिका ७ रामपुर बडहरेका ३ वर्षीय बालक एन्जल तामाङको उपचारको लागि आर्थिक संकलन जारी रहेको छ । जन्मजात नै दिसाघर नभएका ति बालकको उपचारमा समस्या भएको खवरहरु मिडियामा प्रकाशित भए सँगै आर्थिक सहयोग प्राप्त हुन थालेको हो ।

उपचारको लागि लण्डलबाट आएको रकम सोमबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो । लण्डनबाट साउथ इष्ट तमुधी लण्डनकी उपाध्यक्ष पार्वती गुरुङ, कान्छा तमु आमा समुह युकेको संस्थापक अध्यक्ष मायाँ गुरुङले ’’माईला, कान्छा लकडाऊन सहयोग अभियान’’ मार्फत संकलित १ लाख ३१ हजार ३०६ रुपैया एन्जल तामाङको परिवारलाई प्रदान गरिएको युकेबाट राजन खकुरालले धादिङपोष्टलाई बताउनु भयो ।

सहयोगीहरु
१. क्यप्टेन हर्क बहादुर, चन्द्र कुमारी गुरुङ 28,000
२. एसआई, अमृत शिरीष गुरूङ घले 10,005
३. कुमार/ मिना गुरुङ १०,०००
४. रिटायर्ड उप-सेनानी कुसाङ /पन्चा गुरुङ 10,000
५. धनु/चन्दा थकाली 10,000:
६. युवाराज/उसा गुरुङ 10,000
७. राजन खकुराल 5,000:
८. क्यप्टेन कृष्ण बहादुर बिस्णु गुरुङ 5,000:
९. टिना थापा 2,000:
१०. पूर्ण गुरूङ /राम कुमारी गुरूङ 2,000:
११. बल बहादुर थापा 1,000
१२. यूकी गुरूङ 2,000
१३. लमिजा गुरूङ 2,000:
१४. दिल बहादुर गुरूङ 1,050:
१५. जुक बहादुर गुरूङ 2,000:
१६. नन्दराम गुरूङ 2,०००
१७. धन बहादुर/शशी गुरुङ १४६२०
१८. भक्त बहादुर/धनमाया गुरुङ ७३१०
१९. उत्तर बहादुर गुरुङ/बत्ती माया गुरुङ ७३१०

यस अघि छोरा मिक्साङ गुरुङको जन्मउत्सवको अवसरमा नेत्रावती डबजोङ गाउँपालिका ३ गैरा आनन्दी वाइबा र आशिष गुरुङले ६ हजार १ सय ५० रकम सहयोग गर्नुभएको थियो ।

३ वर्षीय एन्जलको जन्मजात नै दिसाघर नभएपछि हाल पेट चिरेर आन्द्रा बाहिर निकालेर दिसा गराउने गरिएको छ । निम्न परिवारका तामाङको उपचारमा हालसम्म करिब ५ लाख खर्च गरिसकेता पनि पूर्ण रुपमा निको हुनका लागि अझै ३ लाख जस्तो लाग्ने बाबु मिलन तामाङ बताउनु हुन्छ ।