
काठमाडौं साउन १९ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा गएराति पहिरोमा पुरिएर बेपत्ता भएका ९ जनामध्ये ५ जनाको शव निकालिएको छ भने ३ जना अझै हराइरहेका छन् । कभर्ड हल निर्माणमा दुई भारतीय नागरिकसहित नौ जना मजदुर खटिएका थिए ।
एकजनाको जिवितै उद्दार गरिएको र पाँच जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए । बेपत्ता भएकाहरुको प्रहरी, सेना र स्थानीयले खोजी गरिरहेका छन् ।
पहिरोमा वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदिप चौरसिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र भारतीय नागरिक राजेन्द्र चौधरी पुरिएका हुन् ।
भारतिय नागरिक बारु साहको जिवितै उद्दार गरि अहिले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तस्वीर: थाहाखवरबाट