
काठमाडौं साउन १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले ओली र प्रचण्ड-नेपाल समुहमा विभाजन छ । यी दुई समुहको बीचमा कुरा नमिल्दा स्थायी समितिको वैठक समेत अन्यौल मात्र बनेन, पार्टी पार्टी फुटाउनेसमेत तयारी भैरहेको देखिन्छ ।
केहि दिन अघि मात्र प्रचण्ड-नेपालको समुह छाडेर ओली समुहमा पुगेका छन् बामदेव गौतम । यस्तै ओली सचिवालयले आफ्नो समुहमा रहेको रहेको दावी गर्दै आएका रामबहादुर थापा बादलले भने अन्तिम घडीमा प्रचण्ड-नेपाल समुहलाई नै साथ दिने बताएका छन् ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समूहको काठमाडौमा सम्पन्न भेलाले ओली समूह प्रतिगामी र प्रचण्ड–नेपाल समूह यथास्थितिवादी रहेकोनिस्कर्ष निकाल्दै बादलले अन्तिममा प्रचण्ड–नेपाल समूह साथ दिने बताएको बादल निकट एक नेताले बताए ।
भेलामा बादलले आफु नीकट स्थायी समिति सदस्य देव गुरुङ, पम्फा भुसाल, हितमान शाक्य लगायतका नेताहरुलाई बोलाएर छलफल गर्दै अन्तिम घडीमा प्रचण्ड नेपाल समुहलाई नै सहयोग गर्ने बताएका हुन् ।
