
धादिङ साउन ११ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका -४ कटुञ्जेका लिला सापकोटाको साउदीमा मृत्यू भएपछि साउदीको अल्मराई कम्पनीमा कार्यरत बेकरी नेपाली कमिटिले मृतकको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
विगत ६ वर्ष अघिदेखि साउदीको अल्मराई कम्पनी वेस्टन बेकरी अल्खर्ज साईडमा कार्यरत सापकोटाको गत जनवरी २२ मा असामयिक मृत्यु भएपछि बेकरी नेपाली कमिटिले आर्थिक संकलन गरि मृतकको परिवारलाई १२ लाख २० हजार सहयोग प्रदान गरेका हुन् ।
उक्त रकम छोराछोरीको स्वास्थ्य उपचार र पठनपाठनमा सहयोग होस् भन्ने उद्देश्यका साथ ३ जना बच्चाकै नाममा बैंक खाता सञ्चालन गराएर फिक्स डिपोजिट गराएको साउदीबाट बेकरी टिमका सक्रिया सदस्य मिलन तामाङले बताए ।

उक्त रकम रकम मृतक सापकोटाको दुई छोरीहरु सुहाना सापकोटा, सलिना सापकोटा र छोरा सुहान सापकोटाको नाममा रहेको बैंक खातामा जनही ३ लाख ९० हजारका दरले डिपोजिट तथा उनका आमा बुबाका लागि ५० हजार खर्च पठाएको अभियानका संयोजक मिलन तामाङले जनाकारी दिए ।
२०१३ जुलाई १ तरिखदेखि साउदीमा कार्यरत सापकोटाको गत जनवरी २२ मा अचनक ढलेर मृत्यु भएको थियो ।