
धादिङ साउन ५ । गजुरी गाउँपालिकाको फुर्केखोलामा लेदोको चाङ जम्मा हुँदा स्थानीय बस्ती समेत जोखिममा परेका छ ।
राजमार्ग माथि खनिएको सडकका कारण पहिरो खस्ने र लेदो बग्ने क्रममा फुर्केखोलामा गेगर मिसिएको लेदोको चाङलाग्दा राजमार्ग अवरुद्ध सँगै बजार समेत जोखिममा परेको हो । तल त्रिशुली बढेको छ, माथिबाट पहिरो सँगै लेदो आई रहेकोले समस्यामा परेको स्थानीयले बताए ।
यस्तै गजुरी गाउँपालिकालाई पहिरोले क्षेति पुर्याएको छ । अविरल वर्षाका कारण गाउँपालिका परिसरबाटै पहिरा पहिरो गएको छ । गाउँपालिका परिसर हुँदै आएको पहिरोले पृथ्वी राजमार्ग समेत अवरुद्ध बन्नपुगेको छ ।
गाउँपालिका परिसरबाट बगेको लेदो माटो गाउँपालिका अगाडी सडकबाट गलौदी पुल सम्म पुग्दा सडक अवरुद्ध भएको हो । यस अघि मलेखुमा गएको पहिरोमा परि पाँच घरलाई क्षती पुर्याएको थियो भने रिरुता परियार वेपत्ता छिन् ।