बार्सिलोना ७९ अंकको साथ उपाधि होडमा

Avatar photo
Dhadingpost
आइतवार, असार २८, २०७७

काठमाडौं असार २७ । विश्वकै चर्चित खेलाडी लिओनेल मेस्सीले चलाखीपूर्ण ढंगले पेनाल्टी क्षेत्र नजिकबाट दिएको फ्लिक पासलाई भिडालले ६ यार्ड बक्स नजिकबाट गोल गरे सँगै बार्सिलोना ७९ अंक बनाएको छ ।

स्पेनिस ला लिगा अन्तर्गत क्याटलान क्लब बार्सिलोनाले रियल भालाडोलिडलाई पराजित गर्दै शीर्षस्थानको रियल म्याड्रिडसँगको दुरी १ अंकमा झारेको छ । गएराति भएको खेलमा उपाधीको होडमा रहेको बार्सिलोनाले रियल भालाडोलिडलाई १–० गोलले पराजित गर्दै ७९ अंक बनाएको हो ।

यो जितसँगै बार्सिलोनाले ३६ खेलमा ७९ अंक बनाएको छ । एक खेल कम खेलेको रियल म्याड्रिडको ८० अंक रहेको छ । रियलले सोमबार हुने खेलमा ग्रानडाको सामना गर्दैछ ।