

धादिङ असार २३ । धादिङको गाउँ-गाउँमा खुले आम मिति सकिएका खाद्यान्न सामाग्रीहरु विक्री वितरण भैरहेको तथ्यहरु भेटिएका छन् ।
मिति सकिएका सामाग्री उत्तरी धादिङमा विक्री वितरण भएको धेरै पाईन्छ । गाउँपालिकाले बेला बखत बजार अनुगमन गर्ने गरे पनि कार्वाही नगर्दा स्थानीय व्यवसायीहरुले मिति सकिएका खाद्यान्न सामाग्री विक्री गर्ने गरेका हुन् ।
यस्तै गंगजमुना गाउँपालिका अधिकाँश पसलहरुमा मिति सकिएका सामाग्रीहरु विक्री वितरणका लागि राखिएको पाईएको छ । किन मिति सकिएको सामान बैच्नु भयो ? भन्ने जिज्ञासामा एक पसलेको सिधा जवाफ यस्तो आयो, –केहि सामान पसलमा राख्दा राख्दै डेट जान्छ, केही समान आउँदैमा डेट गएको हुन्छ । खाने चीज हो किन फाल्ने ? अधिकाँशले डेट हेर्दैनन् लैजान्छन् कसैले डेट हेरे भने लैजादैनन् लाने नलाने उहाँको कुरा हो ।
हामीले पसले सँग यहि कुरा गर्दा गर्दै गंगाजमुना गाउँपालिकाका अध्यक्ष सहित दुई जना आएर कोकाकोला अर्डर गर्नु भयो र खानु भयो । हामी अधिकाँश पसलहरुका डेट गएको सामाग्री राखिएको प्रसङ्ग निकाले पछि अध्यक्ष ज्यूले खाँदै गरेको कोकाकोलाको बोतलमा लेखिएको डेट हेर्नुभयो, त्यो कोकको पनि मिति सकिएको हरेछ ।
प्रसंग रमाईलो र संवेदनशिल बन्यो, तपाई जत्तिको व्यक्तिले अझ नियमन निकाएको व्यक्तिले पनि मिति नहेरी खानुहुन्छ भने आम सर्व साधरणको अवस्था के होला ? हाम्रो जिज्ञासामा अध्यक्ष ज्यूले अहिले यस आर्थिक वर्षका अन्तिममा छौं बिजी भएर अनुगमन गर्न भ्याएका छैनौ भनेर पन्छिए ।
यो एउटा उदाहरण मात्र हो । गाउँ-गाउँमा बिस्कुट, चाउचाउ, बालबालिकालाई लोभ्याउन बनाईएको चिप्सहरु अधिकाँश मिति सकिएका बेच्न राखिएको पाईएको छ । हामी उपभोक्तहरु समेत सचेत बन्नु पर्छ ।
नियमन निकायले औपचारिता पुरा गरे जस्तो गरि अनुगमनको नाटक भन्दा कानुनी कार्वाही गर्ने गरि स्थानीय तह स्तरबाटै अनुगमन हुन आवश्यक रहेको स्वास्थ्यकर्मी नवराज अधिकारी बताउँछन् ।