
धादिङ असार १४ । धादिङको खनियाबास गाउँपालिकाका प्रमुख रणबहादुर तामाङ बुधबार गाउँसभामा भएको लफडाका कारण अफ्ठ्यारोमा परेका छन् ।
गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत सँग अपशब्द सहित भना भन गरेका प्रमुख तामाङले विज्ञप्ती प्रकाशित गरि प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङलाई कानुन विपरित जिम्मेवारीबाट हटाए पछि उनी अफ्ठ्यारोमा परेका हुन् ।
असार १० गतेको गाउँ सभामा गाउँपालिका प्रमुखले नेपाल शिक्षक संघका खनियाबासका अध्यक्ष धनबहादुर तामाङ छोरालाई कर्मचारीको रुपमा राख्नु पर्ने बताएका पछि प्रमुख प्रशासकिय अधिकृत गुरुङले प्रतिस्पर्धाबाट कर्मचारी राखिनु पर्ने बताए सँगै विवाद भएको थियो ।
के भएको थियो विवाद भिडियो
असार ११ गते बसेको गाउँकार्यपालिकाको बैठकबाट प्रमुख प्रशासकिय अधिकृतलाई जिम्मेवारीबाट हटाउने गैर कानुनी निर्णयमा हस्ताक्षर गरेको प्रति नेकपा बाट निर्वाचित वडा नम्बर ४ का प्रमुख हरि सिंह गुरुङलाई तपाईलाई पार्टीबाट किन कार्वाही नगर्ने भनेर स्पष्टिकरण समेत सोधेको छ ।
नेकपा खनियाबासले स्पष्टिकरण सोद्धै प्रमुख प्रशासकिय अधिकृत हटाउने निर्णयमा हस्ताक्षर गर्नुको कारण सहित एक हप्ता भित्र स्पष्टिकरण दिन माग गरेको छ ।
- जनता समाजवादीको समेत विज्ञप्ती
- नेकपा खनियाबास गाउँपालिकाले जारि गरेको विज्ञप्ती
- गाउँपालिकाले प्रमुख प्रशासकिय अधिकृतलाई हटाउन गरेको निर्णय
यस्तै नेकपा खनियाबासले विज्ञप्ती प्रकाशित गरि निजामती सेवा ऐन ०७२ र स्थानीय सरकार संचालन ऐन ०७४ विपरित प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरि सेवा प्रवाहमा अवरोध गर्न गाउँपालिकाका पदाधिकारीहरु नै सक्रिय देखिएकोले तत्कबाल उक्त कार्य बन्द गरि सेवा प्रवाहलाई सूचारु गर्न समेत माग गरेको छ ।
यो पनि
खनियाबासमा लफडा, कानुन विपरित प्रशासकीय अधिकृतलाई पद मुक्त (लफडा के भएको थियो भिडियो समेत)