संक्रमित बढ्दै गएपछि भारत दबाबमा

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ ३२, २०७७

नयाँदिल्ली कोरोना भाइरस (कोभिड–१९) का कारण सबैभन्दा बढी प्रभावित एसियाली मुलुक भारतमा दैनिक संक्रमित हुनेको संख्या लगातार बढिरहेको छ ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार २४ घण्टाको अवधिमा ११ हजार ४ सय ५८ नयाँ संक्रमित थपिएका थिए ।

भाइरसको संक्रमण दिनानु दिन बढ्दै गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दबाबमा परेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार शनिबार मोदीले वरिष्ठ मन्त्रीहरूसँग छलफलसमेत गरेका छन् ।

भारतमा ३ लाख ८ हजार ९ सय ९३ जना भाइरसबाट संक्रमित भइसकेका छन् । संक्रमितमध्ये १ लाख ५४ हजार ३ सय ३० जना निको भएको र मृत्यु हुनेको संख्या ८ हजार ८ सय ८४ पुगेको छ ।