
धादिङ जेष्ठ २२ । धादिङको गजुरी गाउँपालिका स्थित गजुरी बजामा रहेको आदर्श बहुमुखी क्याम्पस गजुरीको प्रमुखमा विष्णु प्रसाद कोइराला चयन भएका छन् ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रदेश सांसद राजेन्द्र प्रसाद पाण्डे र गाउँपालिका प्रमुख राजेन्द्रविक्रम बस्नेतको उपस्थितिमा बसेको बैठकको निर्णय अनुसार कोइराला क्याम्पस प्रमुखमा चयन भएका हुन् ।
वि.स. २०६३ सालमा सामुदायीक क्याम्पसको रुपमा स्थापना भएको यस आदर्श बहुमुखी क्याम्पस गजुरीमा बिबिएस, बि एड तथा एम एड तहमा पढाई हुँदै आएको छ ।
यहि आदर्श बहुमुखि क्याम्पस हो, जहाँ ०७२ मा पढाएका ७ जना उपप्रध्यापकहरूले १ वर्षको तलव पाएका छैनन् । हामीले सांसद नै अध्यक्ष रहेको क्याम्पसमा शिक्षकहरू पीडित भनेर ०७४ साल असोज २३ गते लेखेको समाचारमा तात्कालिन क्याम्पस प्रमुख रुद्र दनैले एक वर्ष भित्रमा ति उपप्रध्यापकहरूलाई तलव दिईने बताएका थिए, तर हाल सम्म उनीहरुले तलव पाउन सकेका छैनन् ।

०७२ सालमा एक वर्षको तलव नपाउने उपप्राध्यापकहरुमा कल्पना कोइराला, कुलमणि शर्मा, कृष्ण रेग्मी, खिमानन्द पौडेल, दीपक सिम्खडा, जीवन निरौला, दीपेन्द्र थापा रहेका छन् ।
क्याम्पस प्रमुख कोईराला बने सँगै हामीले तलव नपाएका ति उपप्राध्यापकको बो के सोच्नु भएको छ भनेर सोधेका थियौं । प्रमुख कोईरालाले भने, आज भर्खर जिम्मेवारी लिँदैछु यो आर्थिक वर्षमा त के सकिएला र अर्को आर्थिक वर्षमा उहाँहरुले तलव पाउनु हुनेछ । तस्वीरः सरु लामिछाने