
उद्धव चेपाङ
गजुरी जेष्ठ २० । धादिङको गजुरी गाउपालिका वडा नम्वर ३ ग्याङराङ्का बिर बहादुर दोङ्को घरमा मंगलबार दिउँसो साढें २ बजे आगलागी भएको छ ।
अभिभाबक बारीमा काम गर्न गएको बेलामा बालबालिकाले लाइटर खेलाउदा भएको आगलागीले घरमा भएको धान, मकै, लत्ता कपडा भाडा कुडा पुर्ण रुपमा क्षती भएको ग्याङराङका धन बहादुर भुजेल बताए । आगलागिका कारण मानबिय क्षेती भने भएको छैन ।
आगालागीका कारण खरको छानो भएको घर, जस्ताको छानो भएको गोठ, १० मुरी धान, १० मुरी मकै, १४ मुरी कोदो, १५ हजार रुपैया नगद, ५० हजार बराबरको गर गहना लत्ता कपडा र एक वटा भैसी सहित अनुमानित १० लाख भन्दा माथी क्षेती भएको पनि भुजेल बताए ।
घरमा आगलागी भएपछि बिर बहादुर दोङको तिन बालबालिका सहित ५ जनाको परिवार छिमेकीको घरमा बसेका छन् ।
।