सुगमटोल सुधारद्वारा तरकारी वितरण

Avatar photo
Dhadingpost
जेष्ठ ११, २०७७

धादिङबेसी जेष्ठ ११ । धादिङबेसी स्थित सुगमटोल सुधार समितिले चौरदीबाट ल्याईएको मिक्स तरकारी प्रति ८ केजीको १०० रुपैयाँका दले वितरण गरेको छ ।

टोल सुधार समितिले चरौदी स्थित साना किसान तरकारी तथा फलफुल कृषि सहकारी मार्फत ल्याएको हरियो तरकारी (घिरौला, भिडि, घिउ सिमी, करेला, लौका र काँक्रो मिसाएर बनाईएको) ८ केजीको प्रति पोका १०० रुपैयाँको दरले वितरण गरेको हो ।

कोरोना भाईरस (कोभिट १९) रोकथामका लागि विगत केहि साता देखि अत्यावश्यक सेवा समेत बन्द गराएको टोल सुधार समितिले आईबार देखि जेष्ठ २० गते सम्म अत्यावश्यक पसल खुले सँगै सुगम टोल सुधार समितिले न्यूनतम मुल्यमा टोलबासीलाई तरकारी वितरण गरेको हो ।

सुगम टोलसुधार समितिका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार १ सय ३१ जनाले ८ केजीको दर तरकारी लगेका थिए । हामीलाई चारौदी सहकारीले अत्यन्त न्युनदरमा नि:शुल्क भन्दा पनि फरक नपर्ने गरि घिरौला, भिडि, घिउ सिमी, करेला, लौका र काँक्रो पठाएको थियो स्थानीय टोलका मानिसहरुलाई सहज होस भनेर वितरण गरेका हौं तर स्थानीय तरकारी व्यवसायीहरले विरोध जनाएको समेत अध्यक्ष श्रेष्ठले धादिङपोष्टलाई बताए ।