गजुरी गाउँपालिकालाई २ लाख ४० हजारको औषधी सहयोग प्रदान

Avatar photo
Dhadingpost
शनिबार, बैशाख २०, २०७७

धादिङ बैशाख २० । धादिङको गजुरी गाउँपालिकालाई आदर्श स्कूल्स स्टुडेन्टस एल्मुनाइले २ लाख ४० हजारको औषधी सहयोग प्रदान गरेको छ ।

एल्मुनाइका अध्यक्ष लगायत पदाधिकारीहरुले शनिबार गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतलाई सहयोग स्वरुप औषधी हस्तान्तरण गरेका थिए ।

कोरोना भाईरस रोकथाम तथा उपचारको क्रममा सरकारले गरेको लकडाउनको कारण खाद्यान्न संकटमा परेका परेका परिवारलाई लक्ष्यित गरेर फुड बैंक संचालनमा गर्दै चर्चामा आएको गजुरी गाउँपालिकालाई औषधी जन्य सामाग्री प्रदान गरिएको यो पहिलो हो ।

एल्मुनाइलाई आभार व्यक्त गर्दछौ, लकडाउनको अवस्थाले गर्दा कतिपय औंषधीहरु अभाव समेत भैरहेको बेला सहयोग आयो, गाउँपालिका उप प्रमुख सिता ढुङ्गानाले धादिङपोष्टलाई बताउनु भयो ।

लकडाउन कै बेला गजुरी गाउँपालिकाका दादुरा रुवेला रोगको संक्रमण देखिएपछि ६ महिना देखि १५ वर्षसम्मका बालबालिकाहरुलाई बैशाख १७ गते देखि २४ गते सम्मका लागि खोप अभियान चलि रहेको छ ।

गजुरीले फुड बैंकमा हाेस् वा अन्य सहयाेग गर्ने जाे काेही व्यक्ति संस्थाहरुकाे नाम सार्वजनिक गर्दै आहि रहेकाे छ ।

यस अघिका प्रकाशित भएका गजुरी गाउँपालिकाको समाचारको लागि यो लिङ्कका क्लिक गरौं ।