धादिङका मानछिरिङ तामाङले जिते कोरोना भाईरसलाई

Avatar photo
Dhadingpost
शनिबार, बैशाख २०, २०७७

धादिङ बैशाख २० । कोरोना भाईरस संक्रमित धादिङ रुबीभ्याली सेर्तुङका मानछिरिङ तामाङ अहिले पूर्ण रुपमा निको भएका छन् ।

संचारकर्मी तामाङ विगत चार वर्ष देखि अमेरिकाको न्यूजर्सी स्टेटमा बस्दै आएका थिए, कोरोना भाईरसको संक्रमण पुष्टिभए सँगै क्वारेन्टाईनमा रहेका उनीलाई ३५ दिनपछि पूर्ण रुपमा निको भएको हो ।

अहिले उनी आफ्नै अपार्टमेन्टमा फर्किएका छन्, कोरोना सँगै डराई हाल्नु पर्दैन, तर होसियारी अपनाउनु पर्ने उनले धादिङपोष्टलाई बताए । रेष्टुरेन्टमा काम गर्ने तामाङ मानिसहरुको जमघटमा आफु रहेकोले कोरोना भाईरबाट संक्रमित बन्न पुगेको बताउँछन् ।

पूर्ण रुपमा संक्रमणबाट उन्मुक्ति पाएर अपारमेन्टमा फर्किए सँगै उनले आफ्नो फेसबुकमार्फत सहयोग सबैलाई धन्यावाद दिएका छन् ।

उनी फेसबुकमा लेख्छन्

हार्दिक आभार
२२ दिनको सेल्फ क्वारेटाइनपछि आज आपनो अपार्टमेन्ट सरियो । अझै १ महिनाजति विश्राम लिन्छु । मलाई यो दुःखद अनि पीडादायी घडीमा प्रेरणा, प्रोत्साहन अनि सहयोग गर्नुहुने सम्पूर्ण विशिष्ट महानुभावहरुलाई एकमुष्ठ आभार प्रकट गर्दै नमन गर्न चाहन्छु ।

गत मार्च २२ तारिखदेखि म विरामी भएको थिए । मेरा आमाबाबा अनि सम्पूर्ण आफन्तजन तथा इष्टमित्रहरुको शुभआर्शिवाद तथा स्नेहमायाले गर्दा म स्वस्थ्य तन्दुरुस्त भएर अहिले आफनो अपार्टमन्टमा सरेको छु ।

मेरो यो दुःखद तथा पीडादायी घडीमा मलाई सहयोग गर्नुहुने तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङज्यूलाई ह्रदयदेखि सधन्यवाद अपर्ण गर्दछु र सिँगो समाजका सदस्यहरुलाई पनि आभार प्रकट गर्दछु । मलाई समाजको तर्फबाट अमेरिकी डलर १ हजार प्राप्त भएको छ, तपाईहरुले मलाई गर्नुभएको सहयोगप्रति सदासर्वदा म ऋणी हुनेछु ।

यस्तै, धादिङ नेपाली समाज अमेरिकाको अध्यक्ष दीवाकर पाण्डेज्यू, टेक्सास रहनुभएकी बहिनी व्रिटिना रोका, तामाङ सोसाइटी अफ अमेरिका, टाक्स फोर्स टिमका संयोजक भरत मोक्तानज्यू, इन्द्र तामाङज्यूको सहयोगप्रति नतमस्तक छु र उहाँहरुलाई पनि एकमुष्ट आभार प्रकट गर्दछु ।

२२ दिन सेल्फ क्वाराइटनमा बस्दा मलाई खानपिनको व्यवस्था गरिसहयोग गर्नु हुने बृहस्पति लामाज्यू, टेक ग्लदेनज्यू, रञ्जु ग्लदेनज्यू, आरती वाइवा लामाज्यू, केसाङ लामाज्यू, गंगा तामाङज्यू, काशी गुरुङज्यू, कान्छा भाई, नारायण परियारज्यू, विमला तामाङज्यू, गंगालाल घिसिङज्यू, उमिर्ला तामाङज्यू, उत्तम लामाज्यू, अशोक योञ्जनज्यू, दिप्सना तामाङज्यू, हिरा गौतमज्यू, सञ्जु लामाज्यूलगायत सम्पूर्ण महानुभावहरुलाई दुईहात जोडी नमन गर्न चाहन्छु ।

तपाईहरुको सकारात्मक प्रोत्साहन, माया र सहयोगले मैले नयाँ जुनी पाएको अनुभुति गरेको छु । पुनः एकमुष्ट धन्यवाद व्यक्त गर्न चाहन्छु ।