
धादिङ बैशाख १५ । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित बेनिघाट ५ बाहुनटारमा जिल्ला कै पहिलो क्रीकेट रंगशालाको निमार्ण गर्न समति गठन भएको छ ।
१५ करोड लागतको डिपिआर बनेको यस क्रीकेट रंगशाला निर्माणको काम यस वर्ष ५० लाखको मात्र हुनेछ । उक्त काम गर्नका लागि गाउँपालिका उप प्रमुख देवीप्रसाद सिलवाल, वडा अध्यक्ष रोशनकुमार सिलवाल र वडा सदस्य इन्दिरा कडेलको उपस्थितमा भएको भेलाले रंगशाला निमार्ण उपभोक्ता समिति गठन गरेको हो ।
सोमबार नै निमार्ण काम अगाडी बढाउनको लागि गाउँपालिका सँग संझौता भएको छ, यहि साता नै निमार्णको काम अगाडी बढ्ने दिपेश कडेलले धादिङपोष्टलाई बताए ।
सबै समुदाय, भुगोल र जातजातीबीच सद्भाव र एकता कायम गराउने विधा भनेको खेलकुद हो, समृद्ध नेपाल र सुखी नेपाली बनाउने सरकारको सपना खेलकुदको विकास विना सम्भव नभएको सार्वजनिक कार्यक्रममा बताउने गरेका गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरि) ले अबको केहि दिन भित्रमा नै रुंगशालाको निमार्ण सुरुहुने बताएका छन् ।
यस्तो छ, रंगशाला निमार्ण समिति
१. अध्यक्ष -कृष्णराम कडेल
२. उपाध्यक्ष -निर्मला सिलवाल
३. सचिव -प्रेमनाथ कडेल
४. कोषाध्यक्ष -प्रतिभा कडेल
५. सदस्यहरुः रामहरि कडेल, इश्वर कुमार श्रेष्ठ, सिपक सिलवाल, सुब्बाकुमार श्रेष्ठ, बासुदेव कडेल, विकास श्रेष्ठ, ढक बहादुर सुनार, विमोचन सिलवाल, राजिव गिरी, सुमन सुनार र कृष्णकुमारी कडेल रहेका छन् ।
अनुगमन समिति
१. संयोजक -प्रयास श्रेष्ठ
२. सदस्यहरु: रेवती प्रसाद कडेल, दिपेश कडेल, बासुदेव कडेल, फलचन श्रेष्ठ, पूर्णकुमार कडेल, शुसिलचन्द्र रेग्मी, देवराज कडेल र चित्रादेवी नहर्की रहेका छन् ।