गंगाजमुना गाउँपालिकाको राहात कोषमा ८० लाख जम्मा

Avatar photo
Dhadingpost
सोमवार, बैशाख १५, २०७७

धादिङ बैशाख १५ । धादिङको गंगाजमुना गाउँपालिकाले नेपाल एसबीआई बैंकमा खाता खोली संचालनमा ल्याएको, प्रकोप व्यवस्थापन कोषमा ८० लाख ११ हजार, ८६९ रुपैया जम्मा भएको छ ।

कोरोना भाईरस (कोभिड-१९) को संक्रमण रोकथाम तथा उपचार र गरिव मजदुरहरुलाई खाद्यान्न सहयोग गर्न गंगाजमुनाले संचालनमा ल्याएको उक्त कोषमा गाउँपालिकाका जनप्रतिनीधि, कर्मचारी, शिक्षक, प्रदेश र गाउँपालिकाबाट विनियोजन गरिएको रकम कोषमा जम्मा भएको गाउँपालिकाले जाएको हो ।

जसमा गाउँपालिकाका जनप्रतिनिधिहरुबाट संकलन गरिएको ८६ हजार, कर्मचारीबाट संकलन गरिएको १ लाख ५९ हजार ४३८, सामुदायी विद्यालयका शिक्षकहरुबाट संकलित रमक ७ लाख ६६ हजार ४३१, प्रदेश सरकारबाट प्राप्त १० लाख र गाउँपालिकाबाट विनियोजित रकम ६० लाख रुपैया कोषमा जम्मा भै सकेको गाउँपालिकाले जनाएको छ ।

लकडाउनको कारण खाद्यान्न संकटमा परेका मजदुर, असाह्य तथा विपन्न परिवारका लागि पहिलो चरणको राहात उपलब्ध गराएको गंगाजमुना गाउँपालिकाले आफुखुसी कोही कसैले राहात वितरण नगर्न आव्हान गर्दै गरे कानुन बमोजिम कार्वाही गरिने जनाएको छ ।

एकद्वार राहात वितरण गर्ने गाउँपालिको नीति भएकाले आफुखुसी राहात वितरण गर्न नदिईएको गाउँपालिका प्रमुख बलबहादुर अधिकारी बताउँछन् ।