धादिङका ७ स्थानीय तहलाई आरबिटि किट

Avatar photo
Dhadingpost
चैत्र २९, २०७६

धादिङ चैत्र २९ । जिल्ला स्वस्थ्य कार्यालय धादिङले ७ वटा स्थानीय तहमा र्‍यापिड टेष्टका लागि आरबिटि किट पठाएको छ ।

बागमती सरकारले धादिङ जिल्लाको लागि पठाएको ३ सय वटा आरबिटि किट विदेशबाट घर फर्किएकाहरुको संख्या बढी रहेको आधारमा ७ वटा गाउँपालिलाई पठाईएको स्वास्थ्य कार्यालय धादिङले जनाएको हो ।

किट पाएका सबै गाउँपालिकाले आजै देखि विदेशबाट फर्किएका व्यक्तिहरु र सम्भावित क्षेत्रमा रहेका व्यक्तिहरुमा कोरोनाको संक्रमण भए-नभएको पत्ता लगाउन र्‍यापिड टेष्ट सुरु गर्ने समेत स्वास्थ्य कार्यालयले जनाएको छ ।

आरबिटि किट पाउने धादिङका स्थानीय तहहरु
१. नीलकण्ठ नगरपालिका
२. धुनिबेसी नगरपालिका
३. गजुरी गाउँपालिका
४. गल्छी गाउँपालिका,
५. ज्वालामुखी गाउँपालिक
६. नेत्रावती गाउँपालिका
७. त्रिपुरासुन्दरी गाउँपालिका