नीलकण्ठ नगरपालिकाद्वारा बुधबार सार्वजनिक विदाकाे घाेषणा

Avatar photo
Dhadingpost
मङ्लबार, माघ ७, २०७६

धादिङबेसी माघ ८ । नीलकण्ठ नगरपालिका वडा नंबर ८ मा आइचर ट्रक पल्टिएर मृत्यु भएका ७ जना प्रति नीलकण्ठ नगरपालिका हार्दिक श्रद्धाञ्जली अर्पण गरेेेेेकाे छ ।

नगरपालिकाकाे एप मार्फत सूचना जारी गर्दै मृतकका सबै परिवार जनमा गहीराे समवेदना प्रकट गर्दै दुर्घटनामा परि घाइते सबैकाे सिघ्र स्वास्थलाभकाे कामनाका समेत नीलकण्ठ नगरपालिकाले गरेकाे छ ।

घाइते र मृतककाे परिवारलाई नीलकण्ठ नगरपालिकाकाे तर्फबाट सक्दाे सहयाेग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै २०७६ माघ ८ गते नीलकण्ठ नगरपालिकामा शाेक मनाउंदै सार्वजनिक बिदा दिने घाेषणा गरेकाे हाे ।