नाटाको चुनावमा नेकपा निकट प्यानललाई धक्का

Avatar photo
Dhadingpost
शनिबार, माघ ४, २०७६

धादिङ माघ ४ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को अध्यक्षमा अच्युत गुरागाईं निर्वाचित भएका छन् ।

लोकतान्त्रिक प्यानलबाट अध्यक्षका उम्मेदवार बनेका गुरागाईंले नेकपा निकट प्रगतिशल प्यानलबाट उम्मेदवारी दिएका धादिङका भिम प्रसाद पन्तलाई हराउँदै विजयी भएका हुन् ।

शुक्रबार राति सम्पन्न मतगणनामा १५० मत प्राप्त गरी गुरागाईं निर्वाचित भएका हुन् । उनका निकटम प्रतिस्पर्धी भीमप्रसाद पन्तले १२६ र मिहिका धाख्वाले १०९ मत प्राप्त गरे गरेका थिए ।

अध्यक्ष र कोषध्यक्ष जितेको लोकतान्त्रिक प्यानलले अन्य पदाधिकारी सहित सदस्यहरु गुमाएको छ । जिवयी हुनेमा वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्षमा रमेश थापा, महासचिवमा सुधीरकुमार पौडेल उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा कुमारमणि थपलिया र सहकोषाध्यक्षमा युविका भण्डारी रहेका छन् ।

यस्तै सदस्यमा लक्ष्मी कार्की अधिकारी, गीता ढकाल, सुवर्ण श्रेष्ठ, हरिकुमार श्रेष्ठ, विष्णु कार्की, डेण्डी शेर्पा, राजकुमार देवकोटा, भरतजङ्ग पाण्डे विजयी भएका छन् । शुक्रबार सम्पन्न मतदानमा ४०५ मत खसेको निर्वाचन समितिले जनाएको छ ।