
धादिङ माघ ३ । धादिङको ज्वालामुखी गाउँपालिका स्थित खरीमा क्यानेडिएनले सामुदायीक भवन बनाई दिएका छन् ।
दश लाख लागतका क्यानडामा रहेका रामकृष्ण तिमल्सिनाको पहलमा RILEY BOUDREAU, JOSH WEEKS, EJ LIN आवद्ध संस्था STAND WITH NEPAL CANADA ले बनाई दिएको उक्त सामुदायीक भवनको विहिबार गाउँपालिका प्रमुख विनोद तिमल्सिनाले उद्घाटन गरेका थिए ।
कार्यक्रममा उक्त संस्थाले सहयोग गरेको दुईवटा सिलाईमेशिन समेत स्थानिय अकलादेवी कृषक समुहलाई हस्तन्त्रण गरिएको थियो ।

अकलादेवी कृषक समुह तथा सहारा युवा क्लवले आयोजना भवन उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख तिमल्सिनाको प्रमुख अतिथि, कृष्ण काप्रीको विशेष आतिथ्यता, नेपाल कम्युनिष्ट पार्टी धादिङका जिल्ला सदस्य हरि थापा, नेपाली काँग्रेसका जिल्ला सदस्य नरेन्द्र भट्ट, स्थानीय जनप्रतिनीधिहरुको आतिथ्यता रहेको थियो ।