आज दिनभर पानी पर्ने

Avatar photo
Dhadingpost
शुक्रबार, माघ ३, २०७६

धादिङ माघ ३ । बुधबार देखि परेको झरीले देशका पूर्वी, मध्य र पश्चिमी भेगमा वर्षा र हिमपात भइरहेको छ ।

वायुको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीबारदेखि भइरहेको वर्षा र हिमपात आज दिनभर रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको सूचनामा शुक्रबार पनि दिनभर पूर्वी मध्य र पश्चिमी क्षेत्रमा सामान्यदेखि मध्यम खालको पानी पर्ने तथा उच्च पहाडी र हिमाली भेगमा हिउँ पर्ने सम्भावना रहेको बताएको छ ।