बेच्न लादै गरेकाे घरेलु मदिरा प्रहरीद्वारा नष्ट

Avatar photo
Dhadingpost
बुधबार, माघ १, २०७६

धादिङ माघ १ । बेच्नकाे लागि धादिङबेसी ल्याउँदै गरेकाे घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेकाे छ ।

धादिबेसी पुछार बजारमा चेक जाँच गर्ने क्रममा मंगलबार ४ जनाले बाेकेर ल्याउँदै गरेकाे ६ वटा ग्यालिनमा रहेकाे ९० लिटर घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेकाे हाे ।

घरेलु मदिरा बेचबिखनमा राेकलाउँदै आएकाे जिल्ला प्रहरी कार्यालयले यश अघि पनि पटक पटक बजारमा छापामारी घरेलु मदिरा नष्ट गर्दै विक्रि वितरणमा राेकलगाउँदै आएकाे थियाे ।