छोरीको हत्या गर्ने, आमा सहित ४ जना पक्राउ

Avatar photo
Dhadingpost
मङ्लबार, पुस २२, २०७६


काठमाडौं पुस २२ । मोबाइलमा केटाको फोन आएपछि रिसाएकी आमाले १५ वर्षिय छोरी पुनिता कुमारीको हत्या गरी शव जलाएर गाडेको आरोपमा आमा सहित ४ जना पक्राउ परेका छन् ।

एक महिना अघि पुनिता हराएको सूचना प्रहरीमा आए सँगै प्रहरीले सुरु गरेका अनुशन्धानका क्रममा आमाको मिलोमतोमा हत्या गरेको प्रमाणहरु भेटिए पछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका-९ शिवबर्वाकी ३० वर्षीया शिवकली देवी, ३९ वर्षीय राजेन्द्र महतो तत्वा, २८ वर्षीय सन्तोष महतो तत्वा र ट्याक्टर चालक वडा नम्बर ८ बस्ने १९ वर्षीय सुबोध भन्ने जितेन्द्र यादव रहेका छन् ।