प्रदेश ३ को नाम ‘नेवा: ताम्सालिङ’ राख्न माग गर्दै प्रदर्शन

Avatar photo
Dhadingpost
सोमवार, पुस २१, २०७६

काठमाडौं पुस २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती र राजधानी हेटाैडा राख्नेे निर्णय गरेपछि सुरुभएकाे विवादले चर्काे रुप लिन थालेकाे छ ।

बागमती नामले प्रदेश ३ को पहिचानकाे नहुने र हेटाैडा भेगिय हिसावले राजधानी अनुकुल नरहेकाे भन्दै नेवार संघ संगठन, नेपाल आदिवासी जनजाति महासंघ लगायतले साेमबार काठमाडौंकाे माइतीघर मण्डलामा विराेध प्रदर्शन गर्दै नेवाः ताम्सालिङ नाम राख्न दवाव दिएका हुन् ।

प्रदेश ३ का दुई तिहाई सांसदहरु राजधानी हेटाैडा स्वीकार गर्न चाहँदैन् र नामाकरण पनि नेवा: ताम्सालिङकाे पक्षमा रहेकाे अवस्थामा नेकपाले हस्तक्षप गर्न नहुने बताएका थिए ।