क्विक्स कप राष्ट्रिय प्रतियाेगितामा धादिङको दाेश्राे खेल साेमबार दिउँसो

Avatar photo
Dhadingpost
आइतवार, पुस २०, २०७६

धादिङ पुस २० । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयाेजना गरेकाे विद्यालय स्तरीय क्विक्स कप फुटबल प्रतियाेगिता अन्तरगत जिल्ला र प्रदेशबाट प्रथम हुँदै राष्ट्रिय प्रतियाेगिता सहभागी बनेकाे धादिङको दाेश्राे खेल साेमबार दिउँसो हुने भएकाे छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेकाे खेल तालिका अनुसार ४ समुहमा ३-३ टिम गरि १२ टिमले सहभागिता जनाउने यस प्रतियाेगिताकाेे पहिलाे खेल काठमाडौंकाे एकता जेम्स सँग १ गाेलले धादिङ पराजित भएकाे थियाे ।

खेलकाे ५० मिनेट सम्म ३-३ बराबरी गाेल गरेका यी दुई टिमले ७० औं मिनेटमा १ गाेल काठमाडौंले थप्दा धादिङको गजुरी स्थित आदर्श माविका छात्रा टिम स्तब्ध बनेका थिए ।

सातदोबाटो स्थित एन्फा खेलमैदानमा हुने साेमबारकाे खेलमा धादिङले प्रदेश ६ सग खेल्ने छ ।

३ नम्बर प्रदेश स्तरीय Kwiks Cup छात्रा फुटबल प्रतियोगितामा धादिङले चितवनकाे विरुद्ध १३ गाेल, दोलखा बिरुद्ध धादिङले ४ गोल र काभ्रेलाई ४ गोलले पराजित गर्दै राष्ट्रिय प्रतियाेगितामा छनाैट भएकाे अखिल नेपाल फुटबल संघ धादिङका महासचिव रामहरी थापाले बताए ।

आज भयकाे अन्य खेलहरुमा त्रिवेणीले नेपालय इपिएसलाई ५–१ ले हरायो । त्रिजा तामाङले ह्याट्रिक गरेको खेलमा विजयी टोलीका लागि सजना राई र निशा थुलुङले गोल गरेका थिए । पराजित टोलीका लागि जानकी लामिछानेले गोल फर्काइन् ।

अर्को खेलमा दुर्गाले मंगलदिप बोडिङ स्कुलाई २१–० को फराकिलो अन्तरले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा ज्वालामुखीले छहारी सैनिक सदनलाई २–० ले हराएको थियो । ज्वालामुखीका लागि क्रितिका राई र सविना लिम्बुले गोल गरेकी थिइन् ।

यस्ताे छ खेल तालिका

धादिङका खेलाडीहरुकाे नामावली