
धादिङ पुस १८ । नेपालको लागि नौल फलको रुपमा रहेको ड्रागन फले धादिङबेसीमा विक्रिवितरण सुरुभएको छ ।
१२ प्रकारका मिनिरल्स तथा भिटामिन पाईने यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण पाईने अनुशन्धानले देखाएको छ ।
यो फल धादिङबेसीमा योफलको महत्व बुझ्नेले भन्दा स्वाद टेष्टको लागि किन्न आउनेको संख्या बढी रहेको धादिङबेसीका फलफुल व्यवसायीहरु बताउँछन् ।
यो फल मीठो मात्र छैन, औषधीय गुणले पूर्ण छ।यो फल खाएपछि पेट खलास हुन्छ र कब्जियतको दोष ठीक पार्छ।यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ।यसको मुन्टाको गजबको तरकारी बन्छ । फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ । जो जेठदेखि असोज९कात्तिकसम्म फुलिरहन्छ र फलिरहन्छ।फूल फुलेको चार९पाँच दिनपछि फूलका पात सुकिसक्छ । सुकेको फूलको स्पेसल चिया बन्छ । यो फूलको विशेषता के भने यो राति मात्र फुल्ने सोलुखुम्बुका कृषि अधिकृत बबि बस्नेत बताउँ छन् ।
के हो ड्रागन फ्रुट ?
गन फल गर्मि र सुख्खा हावापानीमा हुने सिउडि प्रजातीको फलफुल हो।वैज्ञानिक वर्गिकरण अनुसार ड्रागन फल ऋबअतबअभबभ परिवारमा पर्दछ।यसको वैज्ञानिक नाम चाहिं ज्थयिअभचभगक ग्लमबतगक हो। यसको स्तम्भ कमजोर भएकोले सपोर्ट आवश्यकता पर्दछ।यसको लहरा ड्रागनको जिब्रो जस्तै हुने हुदां यसलाई ड्रागन फल भनिएको हो। यस फलको स्वाद गुलियो र अमिलो पनाको मिश्रण भएको हुन्छ। फलको तौल २०० ग्राम ९१।२ के।जी हुन्छ।यस फलको जातहरुमा रातो बोक्रा र् सेतो गूदी भयको,पहेलो बोक्रा र सेतो गूदी भयको, रातो बोक्रा र रातो गूदी भयको जात पर्दछ।
उत्पत्ती र खेति विस्तार
यसको उत्पत्ती दक्षिण अमेरिकाको मेक्सीकोमा भएको पाईन्छ। दक्षिण पूर्वी एशियाका देशहरु भियतनाम फिलिपीन्स थाईल्याड लगायतको देश हुदै अहिले यो फल नेपालमा भित्रीएको छ ।