
धादिङ पुस १६ । धादिङको नीलकण्ठ नगरपालिका ६ स्थित सुनौलाबजारमा अपाङगता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरिएको छ ।
नीलकण्ठ नगरपालिकाले सुरु गरेको अपाङगता परिचय पत्र वितरण घुम्ती शिविर अन्तरगत बुधबार सुनौलबजारमा ६ वटा निलो, ७ वटा रातो र ५ वटा पहेलो गरी १८ जनालाई परिचय पत्र वितरण गरिएको हो ।
नीलकण्ठ नगरपालिका वडा नं ६ का वडा अध्यक्ष उद्धव प्रसाद रिजालको अध्यक्षता सुनौलाबजारमा भएको अपाङगता परिचय पत्र वितरण कार्यक्रममा नीलकण्ठ नगरपालिका धादिङका उपप्रमुख मनराज भण्डारीको विशेष आतिथ्यता, नगरपालिकाका सामाजिक विकास शाखा अधिकृत राजेश्वरी शाही, अपाङगता कल्याण संघ धादिङका अध्यक्ष गुणराज खतिवडा, गजुरी स्वास्थ्य केन्द प्रमुख डा।खगेन्द्र श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।