बेलभञ्ज्याङलाई सुरक्षित पानी पिउने गाउँ घोषणा

Avatar photo
Dhadingpost
बुधबार, पुस १६, २०७६

उद्धव चेपाङ
धादिङ पुस १६ ।
गजुरी गाउँपालिका २ बेलभन्ज्याङलाई सुरक्षित पानी पिउने गाउ घोषणा गरिएको छ ।

बेलभन्ज्याङ गाउँको ३९ घरधुरी सबैले फिल्टरको प्रयोग गरी सुरक्षित पानी पिउन थालेपछी सुरक्षित पानी पिउने गाउँ घोषणा गरिएको हो ।

“सरसफाइ र स्वच्छतामा एक कदम अघि सरि, सधै सुरक्षित पानी पिउछौ हामी गावैभरी ” भन्ने मुल नाराका साथ बेलभन्ज्याङलाई प्रसुरक्षित पानी पिउने गाउँ घोषणा गरिएको हो । बेलभन्ज्याङ सामुदायिक सस्थाको आफ्नै श्रोतमा ३९ घरधुरीको लागी पानी शुद्दीकरण गर्नको लागी फिल्टर खरिद गरी बितरण गरेको थियो ।

बेलभन्ज्याङ सामुदायिक सस्थाका अध्यक्ष अमृत बहादुर मगरको अध्यक्षतामा भएको कार्यममा गजुरी गाउपालिका अध्यक्ष राजेन्द्र विक्रम वस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गजुरी १ का अध्यक्ष राजकुमार पण्डित, वडा नम्वर २ का वडा अध्यक्ष चुडामणी कडेल, वडा नम्वर ३ का वडा अध्यक्ष रिषीलाल श्रेष्ठ, समाजसेवी भद्रलाल मगर, शान्ती नेपालका परियोजना संयोजक लालप्रसाद पोखरेल , सन्जय बहादुर चन्द, सद्भाव गरीबी निबारण सहकारी सस्थाका व्यवस्थापक बासु सुबेदी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बेलभन्ज्याङ सामुदायिक सस्थाका दृष्टीविहिन सदस्य कर्ण बहादुर मगरलाई फिल्टर हस्तातरण गर्दै प्रमुख अतिथी वस्नेतले सुरक्षित पिउने पानी अभियान सबै टोलवस्तिमा सबै घरमा पुर्याउनुपर्ने धारणा राखेका थिए ।

पूर्ण सरसफाई मार्ग दर्शन २०७३ अनुसार सन २०३० सम्ममा नेपाललाइ पुर्ण सरसफाई उन्मुख राष्ट्र घोषणा गर्ने लक्ष्य छ भने यसै लक्ष्यलाइ हासिल गर्न जिल्ला समन्वय समिती धादिङ्को समन्वयमा जिल्लाका १३ वटै स्थानिय तहको सहभागितामा २०२३ सम्ममा जिल्ला भरी सफा गाउ घोषणा गर्ने र २०२५ सम्ममा पुर्ण सरसफाइ उन्मुख जिल्ला घोषणा गर्ने महत्वकाँक्षी लक्ष्य र घोषणा रहेको छ ।

यसै योजनालाइ सहयोग पुर्याउने उद्देश्यले वातावरण तथा जनस्वास्थ्य सस्थाको सहयोगमा शान्ती नेपालले गजुरी गाउपालिका, बेनिघाट रोराङ गाउपालिका र सिद्दलेक गाउपालिकाका १५ हजार घरधुरीमा सुरक्षित पिउने पानी र चर्पीको समुचित प्रयोग सम्बन्धी व्यवहार परिवर्तन अभियान सन्चालन गर्दै आइरहेको छ । अभियान शुरु भए यता गजुरी गाउपालिका, सिद्दलेक र बेनिघाट रोराङ गाउपालिकाका २ हजार ३ सय ५९ घतधुरीमा सुरक्षित पानी पिउन थालिसकेका छन् ।