युसुहाराका मेयर नीलकण्ठ नगरपालिका भ्रमणमा

Avatar photo
Dhadingpost
आइतवार, पुस ६, २०७६

धादिङ पुस ६ । जापानको युसुहारा नगरपालिकाका मेयर हिसातो योसिदा सहितको टोलीले नीलकण्ठ नगरपालिका भ्रमण गरेको छ ।

उनीहरुलाई नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गाना सहितको टोलिले भव्य स्वागत गरि नगरपालिकाका विभिन्न स्थानहरु अवलोकन गराएका हुन् ।

यी दुई नगरपालिका बीच भगिनी सम्बन्धको रुपमा, विकास मोडलहरु आदान प्रदान गर्ने गरि आपसी सम्बन्धहरु अगाडी बढी रहेको अवस्थामा युसुहाराका मेयरको यो पछिल्लो भ्रमणलाई अर्थपूर्ण रहेको बताईएको छ ।

विकास, पूर्वाधार निर्माण, सामाजिक, सांस्कृतिक आदान प्रदान गर्ने सम्बन्ध अगाडी बढी सकेको नीलकण्ठ नगरपालिकाका प्रमुख ढुङ्गानाले धादिङपोष्टलाई बताए ।

शनिबार एका बिहानी युसुहाराको टोलिलाई ढुङ्गानाले मुरली भञ्ज्याङकाको कोटथोक भ्यू टावर अवलोकन गराएका थिए । यस बीचमा चण्डेश्री उच्च माविले उक्त जापानी टोलीलाई भव्य स्वागत गरेको थियो ।

मेयर हिसातो योसिदा सहितको टोलीले नीलकण्ठको भ्रमण सँगै ज्वालामुखिमा विगत ३ वर्ष देखि रिसर्चको गर्दै आएको ग्याविन वाल समेत अवलोकन गरेको थियो ।