थाईल्याण्डमा मुईथाई च्याम्पियन बनेका शंकर धमला सम्मानित

Avatar photo
Dhadingpost
शनिबार, पुस ५, २०७६

धादिङ पुस ५ । थाईल्याण्डमा केहि दिन पहिला सम्पन्न भएको अन्तराष्ट्रिय मुईथाई बक्सिङ प्रतियोगितामा च्याम्पिन बनेका शंकर धमलालाई सम्मान गरिएको छ ।

धादिङ नीलकण्ठ ११ स्थित शंखादेवी माध्यामिक विद्यालय र भुतपुर्व विधार्थी समाजले  एक भव्य कार्यक्रमको आयोजनामा धमलालाई सम्मान गरिएको हो ।

गत साल हङकङमा अन्तराष्ट्रिय प्रतियोगिता जितेका धमलाले थाईल्याण्ड भएको प्रतियोगिताको जित सँगै दोस्रो अन्तराष्ट्रिय जित हासिल गरेका हुन् ।