
धादिङ मंसिर २६ । धादिङको खनियावास गाउँपालिका ४ स्थित इलाका प्रहरी कार्यालय दार्खाको नयाँ भवनको उद्घाटन गरिएको छ ।
दर्खा प्रहरीको उक्त नयाँ भवन ३ नम्वर प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक शेर बहादुर बस्नेत बस्नेतले बुधबार उद्घाटन गरेका हुन् ।
राष्ट्रिय पुनः निर्माण प्राधिकरणको २करोड ३८लाख ०२हजार ८४३ रुपैपयँको लागतमा बनेको साढे २ तले नयाँ भवनमा साना ठुला १६ वटा कोठाहरु रहेका छन् ।
उक्त भवनमा भवनमा महिला प्रहरीको लागि छुट्टै ब्यारेक कोठाको ब्यवस्था, भित्रै शोचालय सहितको महिला पुरुषको छुट्टाछुट्टै हिरासत कक्ष समेत रहेको छ ।
भवन समुद्घाकटन समारोहमा खनियावास गाउँपालिकाका प्रमुख रण बहादुर तामाङ, उप(प्रमुख योमाया तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा, जिल्ला न्यायाधिबक्ता बालकृष्ण वाग्ले, जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवार‚ राष्ट्रिय अनुसन्धान विभाग धादिङका उप-अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा, खनियावासका वडा प्रमुखहरु‚ राजनैतिक दलका प्रतिनिधीहरु लगायतको आतिथ्यता रहेको थियो ।
