
धादिङ मंसिर २२ । नेत्रावती डब्जोङ गाउँपालिका ४ स्थित थर्पुका गणेश प्रधानले भारतलाई हराउँदै फाईनल प्रवेस गरेका छन् ।
नेपालमा जारी १३ औं साग अन्तरगतको बक्सिङ विधाकाे ८१ केजी लाईट हेबी समुहमा भारतका खेलाडीलाई हराउँदै प्रधान फाईनल प्रवेस गरेका हुन् । यो संगै उनले नेपालका लागि बक्सिङमा रजत पदक पक्का गरेेेेका छन् ।
उनी साेमबार दिउँसो स्वर्ण पदकका लागि श्रीलंका सँग भड्दै छन् ।
यस्तै साग खेलकुदकाे बक्सिङ विधामा धादिङ ज्वालामुखी गाउपालिकाका आशिस दुवाडी फाईनल प्रवेस गर्दै रजत पदक पक्का गरि सकेका छन्, उनी पनि स्वर्ण पदककाे लागि साेमबार नै भिड्दै छन् ।
आशिस र गणेश दुबैजनाले त्रिभुवन आर्मी क्लवबाट खेलेका हुन् ।